आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

जान्नुहोस्, कन्डोमको रोचक इतिहास

बुधबार, १० कात्तिक २०७३, १५ : ०१
बुधबार, १० कात्तिक २०७३
परिवार नियोजनका लागि प्रयोग हुने कन्डोमवारे आज जो कोही जानकार छ । मान्नुहोस्, कन्डोमका वारेमा जे कुरा यहाँ बताउँदैछौँ, यो तपाईंले यस अघि नसुन्नु भएको पनि हुनसक्छ । कन्डोम प्रयोगको इतिहास बहुतै पुरानो छ । फ्रान्सको एक गुफा यसको आकारको बनाएको पाइएको थियो । मानिएको छ कि, यो १५ हजार बर्ष पुरानो हो । र, स्वीडेनमा सवैभन्दा पुरानो कन्डोम पाइएको छ । १६औ शताव्दीमा कन्डोमको अविष्कार साइफलिस विरामी रोक्नका लागि गरिएको थियो । त्यस बेला फ्रान्समा कैयौ मानिस गुप्त रोग साइफलिसबाट मरेका थिए । कतिपय उपचार नभएका कारण गैवरील फैलोपियोले उपचार खोज्ने कोशिष गरे । उनले लिनन शीथ्सको एक केमिकल सोलुशनमा मिलाए । यसलाई ११ सयमा प्रयोग गर्ने सोचे । यसलाई पुरुषको लिंगमा लगाए र रिवनले बाँधे । मानिएको छ, कि यस्तो भएपछि कैयौ पुरुष साइफलिस लाग्नबाट बचे । कन्डोममा प्रयोग हुने सामग्री सधै बदलिदै आएको छ । कहिले यसलाई लेटेक्सबाट बनायो । कहिले जनावरका आन्दाबाट । छाला पनि बनाउने कोशिष गरिहेको बताइन्छ । पहिला कन्डोम किन्न त्यति सजिलो थिएन । अमेरिकामा डाक्टरले प्रेसक्रिपसन दिएपछि १९२८ मा मेसिनबाट निकाल्न पाइन्थ्यो । ओलम्पिकका बेला एक लाख कन्डोम ओलम्पिक भिलेजमा पठाइएको थियो । अहिले पनि पठाउने चलन छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप