शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

सल्यानमा दश स्थानीय तह रहने

बिहीबार, ११ कात्तिक २०७३, १६ : १५
बिहीबार, ११ कात्तिक २०७३

सल्यान–सल्यानमा १० वटा स्थानीय तहको संरचना प्रस्ताव गरिएको छ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति सल्यानका अनुसार ३ नगरपालिका र ७ गाउँपालिका १० गरि १० वटा स्थानीय तह रहने खाका सार्वजनिक गरेको हो । प्रबिधिक सहयोग समिति सल्यानका अनुसार बनगाडकुपिण्डे नयाँ नगरपालिका थप गरी ३ नगरपालिका सहितत ७ गाउँपालीका सिफारिस गरेको छ । जस अनुसार काप्रेचौर, कालिमाटी काल्चे, कालिमाटी रामपुर र लक्ष्मीपुर गाबिस गरी चार गाबिसलाई जोडेर कालिमाटी गाउँपालीका सिफारिस गरेको छ । त्यस्तै काभ्रा,फलाबाङ्ग,काराँगिठी र त्रीबेणी चार गाबिसलाई मिलाएर त्रिबेणी गाउँपालीका धानबाङ्ग, सारपानी गर्पा, रिम, सिनबाङ गरी चार गाबिसलाई मिलाएर कपुरकोट गाउँपालीका, दमाचौर, लेखपोखरा, कोर्बाङ्ग झिम्पे र छायाँक्षेत्र चार गाबिसलाई मिलाएर छत्रेश्वरी गाउँपालीका सिफारिस गरिएको स्थानिय तह पुर्नुंरचना प्राबिधिक सहयोग समिति सल्यानका सदस्य सचिब पुर्ण बहादुर ओलीले बताए । शारदा नगरपालिकालाई शारदा नगरपालिकाको सिफारिस गरिएको छ । यस्तै शारदा नगरपालीकाको वडा नम्बर ७ कजेरी सिद्धेश्वरी,चाँदेकरेञ्जी,बाँझकाँडा गाबिसलाई मिलाएर ढोरचौर गाउँपालीका,देवस्थल,बामे,मूलखोला,घाँजरीपिपल गाबिसलाई मिलाएर बनगाडकुपिण्डे नगरपालीकाको सिफरिस गरिएको छ । स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानका अनुसार जिमाली, मर्मपरिकाँडा, स्वीकोट, गाबिसलाई मिलाएर कुमाखमालिका गाउँपालिका र , भल्चौर, दार्माकोट, ढाकाडाम गाबिसलाई मिलाएर दार्मा गाउँपालीका सिफारिस गरिएको छ भने र बाँफुखोला गाबिसलाई बागचौर नगरपालीकामा मिलाएर बागचौर नगरपालीकाको लागि सिफारिस गरेको छ । प्रस्तावित खाका सुझाव संकलन र गाउँ गाउँमा छलफलका लागि सार्वजनिक गरिएको र यो नै अन्तिम नभएको ओलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप