आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

रगत जँचाउँदै हुनुहुन्छ ? यी ५ कुरामा ध्यानदिनुहोला

शुक्रबार, १२ कात्तिक २०७३, ११ : ३१
शुक्रबार, १२ कात्तिक २०७३
जुनकुनै रोग लाग्दा पनि रक्तपरीक्षण अनिवार्यजस्तै हुन्छ । रक्तपरीक्षणको नतिजाअनुसार नै डाक्टरले उपचार प्रक्रिया अगाडि बढाउने गर्छन् । त्यसैले रक्तपरीक्षण उपचार प्रक्रियाको महत्वपूर्ण र पहिलो जाँच हो । फरक–फरक जाँचका लागि रगत दिनुअघि फरक–फरक कुरामै विचार पुर्‍याउनुपर्ने हुन्छ । त्यसैले रगत जँचाउनुअघि ख्याल गर्नुपर्ने कुरा यस्ता छन्ः १. रक्तपरीक्षण गराउनुअघि प्रेसरमा नहुनुहोस् । हतार–हतारमा दौडिँदै गरेर आएको तथा कडा कसरत गरेलगत्तैको अवस्थामा रक्तपरीक्षण नगराउनुहोस् । केहीबेर आराम गरेर शान्त अवस्थामा रगत दिनुहोस् । शरीर तातेको अवस्थामा निकालिएको रगतको जाँचमा क्रेटिनियम फरक पर्न सक्छ । २. लिपिड प्रोफाइल, फास्टिङ ब्लडसुगरजस्ता परीक्षण गर्ने हो भने ८ देखि १० घन्टासम्म पेट खाली राख्नुपर्ने हुन्छ । यस्तो परीक्षण गर्नुअघिको यो अवधिमा पानीसमेत पिउनुहुँदैन । चिकित्सकसँग राम्रोसँग अग्रिम सल्लाह लिनु उत्तम हुन्छ । ३. युरियाजस्ता रोगको पहिचानका लागि रक्तपरीक्षण गर्ने हो भने अघिल्लै दिनदेखि माछा–मासु तथा प्रोटिनयुक्त डाइट खानुहुँदैन । साधारण खाना खान भने मिल्छ । ४. थाइराइडलगायत विभिन्न हार्मोनको अवस्था बुझ्न रक्तपरीक्षण गर्नेले रगत दिनुअघि फास्टिङ गर्नु राम्रो हुन्छ । बेलुका खाना खाएपछि बिहान केही नखाई रक्तपरीक्षण गराउनुपर्छ । ५. रगत दिइसकेपछि आफ्नो रगत राखिएको भाँडोमा लगाइएको स्टिकर नम्बर र बिरामी कार्डमा लेखिदिएको नम्बर एउटै भए–नभएको ख्याल गर्नुपर्छ । रक्तपरीक्षणको रिपोर्ट लिन जाँदा बिरामी कार्डको नम्बरअनुसार लिनुपर्छ । हुलमुलमा कहिलेकाहीँ उल्टो रिपोर्ट परेर उपचार प्रक्रिया नै गलत भएका उदाहरण पनि भेटिन्छन् । अस्पतालका सम्बन्धित प्राविधिकसँगै बिरामी तथा बिरामीका आफन्त यो कुरामा सचेत हुनुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप