राती ब्रा नलगाई सुत्नुहोस् र सुन्दर हुनुहोस्
चौबीसै घण्टा ब्रा लगाउँदा तपाईंको स्वास्थ्यमा कस्तो समस्या निम्तिन्छ भन्ने बारे तपाईं जानकार हुनुहुन्छ होला । तर तपाईंलाई सुन्दा अचम्म लाग्ला कि स्वास्थ्यका साथै सुन्दरताको लागि पनि ब्रा बाधक बन्ने गर्दछ अफिसमा वा बाहिर हुँदा तपाईं ब्रा नलगाई जान सक्नुहुन्न तर राती सुत्दा यसलाई फुकाल्न नबिर्सिनुहोस् । यस्तो गर्दा तपाईंको छालालाई निकै फाइदा पुग्छ । आउनुहोस्, ब्रा बिना सुत्दा छालालाई हुने फाइदाबारे जानकारी लिऔं ।
स्वस्थ र डण्डीफोररहित छालाः हाम्रो शरिरको संचार प्रणालीको एउटा भाग हो lymphatic system । यसमा रहेको lymp fluid ले ह्वाइट ब्लड सेल्सलाई संचारित गर्न मद्दत गर्दछ र छालालाई इन्फेक्सनबाट बचाउँछ । यसका साथै यो फ्लुड छालामा रहेको टक्सिन, अत्यधिक हर्मोन र फोहोर निकाल्न मद्दत गर्दछ । यसरी यो छालाको प्वाललाई बन्द हुन बचाएर डण्डीफोर र ब्ल्याकहेडको समस्याबाट छुटकारा दिलाउँछ । जब तपाईं ब्रा नलगाइ सुत्नुहुन्छ भने स्तनमा यो फ्लुडको संचार राम्रो तरिकाले हुन्छ जसले छाला स्वस्थ रहन सहयोग गर्दछ ।
डार्क सर्कलबाट छुटकाराः ब्रा फिटिङ र इल्यास्टिकयुक्त हुने भएकाले तपाईं आरामसँग सुत्न पाउनुहुन्न । त्यसकारण तपाईं पटक–पटक निन्द्रामा ब्यूझनुहुन्छ । यस्तै गरी जब तपाईं बिना ब्रा सुत्नुहुन्छ तब तपाईं निकै गहिरो निन्द्रामा पर्नुहुन्छ । गहिरो निन्द्राको अर्थ तपाईं डार्क सर्कलबाट मुक्त हुनु हो ।
स्किन ड्यामेज रिपेयरमा हुँदैन रोकावटः राती जब तपाईं सुत्नुहुन्छ तब पूरा दिन तपाईंको शरिरमा भएको नोक्सानीको भरपाई हुन्छ । अर्थात, राती शरिरमा शेल रिजेनेरेसन र क्लेजन प्राडक्सनको काम हुन्छ । यस्तोमा जब तपाईं बिना ब्रा सुत्नुहुन्छ तब तपाईंको शरिरले मज्जाले सास लिन पाउँछ । यसले तपाईंको शरिरलाई अक्सिजनको भरपुर मात्रा पुर्याउन मद्दत गर्दछ जसले अन्ततः छाला स्वस्थ बनाउँछ ।
अनुहारमा ग्लो आउँछः ब्रा नलगाई सुत्दा शरिरमा रक्त संचार राम्ररी हुन पाउँछ । ब्रा लगाएर सुत्नुहुन्छ भने यसो हुन पाउँदैन । जब रक्त संचार राम्रो तरिकाले हुन्छ तब हाम्रो शरिरमा पर्याप्त मात्रामा अक्सिजनको प्रवाह हुन्छ जसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
-
कारागारबाट फरार कैदीबन्दी पक्राउ
-
महामन्त्री पौडेलले टिचिङ अस्पताल पुगेर भेटे माजिद अन्सारी
-
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल
-
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण