नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू
सारांश
- नगर प्रहरीको उपस्थिति कम भएपछि काठमाडौँको न्युरोडसहितका क्षेत्रमा फुटपाथ फेरि व्यापारीले भरिएको छ।
- केही दिनअघिसम्म कडाइका साथ फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने नगर प्रहरीको संख्या अचानक घटेको छ।
- आत्मदाह प्रयासपछि नगर प्रहरीमाथि आक्रमणको त्रासले उनीहरू सडकमा कम देखिएका छन्, जसले गर्दा अव्यवस्थित व्यापार र पार्किङ बढेको छ।
काठमाडौँ । केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे।
दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो।
तर आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ।
उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको एक नगर प्रहरी कर्मचारीले बताए।
नगर प्रहरी सडकमा कम देखिन थालेपछि काठमाडौंका न्युरोडसहित विभिन्न स्थानमा फुटपाथ पुनः व्यापारीले भरिन थालेको छ।
अव्यवस्थित पार्किङसमेत बढेको देखिएको छ।फुटपाथमा व्यापार बढ्दा पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्। यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जामसमेत बढेको स्थानीयले बताएका छन्।
_p2dHkI6l5i.jpg)
_REK9ILNgbf.jpg)
_QRvZjLfdJa.jpg)
_kgS65KVsVm.jpg)
_U4jI5uRCLz.jpg)
_mmyjtKCh3F.jpg)
_o8UfljAC8Q.jpg)
_7hoI6Lfffe.jpg)
_ecZ89RHfpN.jpg)
_0ZPYrpf3Ps.jpg)
_TeqQUmYkKj.jpg)
_kOETHmYPhg.jpg)
_AfmqkZjlVZ.jpg)
_vtKEV8lM10.jpg)
_910sPF5DkD.jpg)
_FZ6WhrI5Vt.jpg)
_wZpboRRF7H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्ति संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण