कपाल झर्छ ? यी आयुर्वेदिक तरिका अपनाउनुहोस्
सुन्दरता बढाउनका लागि कपालले निकै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । तर जब कपालको रेखदेखमा लापरवाही गर्नुहुन्छ तब कपाल झर्ने समस्या उत्पन्न हुन सुरु गर्छ । कपाल झर्न सुरु गरेपछि यसले जो सुकैलाई पनि तनावमा पार्न सक्छ । आज हामी तपाईंलाई कपाल झर्न रोकिने आयुर्वेदिक तरिकाबारे जानकारी दिँदैछौं ।
– मह थुप्रै रोगलाई टाढा राख्न सक्षम हुन्छ । महको प्रयोगले कपाल झर्न पनि रोकिन्छ । – दालचिनीले पनि कपालको समस्यालाई टाढै राख्न सहयोग गर्दछ । आयुर्वेदका अनुसार दालचीनि र महको मिश्रणले थुप्रै रोगको उपचार गर्न सकिन्छ । – जैतुनको तातो तेलमा एक चम्चा मह हाल्नुहोस् र त्यसमा दालचीनि पाउडर हालेर त्यसलाई पेष्ट बनाउनुहोस् । नुहाउनुभन्दा पहिले यो पेष्टलाई कपालमा लगाउनुहोस् र केहीबेर पछि नुहाउनुहोस् । यसो गर्दा कपाल झर्दैन । –बलियो र स्वस्थ कपालको लागि तेलको मालिश आवश्यक छ । टाउको मालिस गर्दा कपालको जरालाई पोषण मिल्छ र कपाल झर्न कम हुन्छ । – अमला, शिकाकाईको पाउडरलाई दहीमा हाल्नुहोस् । यो मिश्रण कपालमा लगाउँदा डिप कन्डिसनिङ हुन्छ । –कपालको हेरबिचारका साथै खानेकुरा पनि ध्यान राख्नुहोस् । फलफूल र हरिया सागसब्जी धेरै खानुहोस् । महमा अण्डा मिसाएर लगाउँदा कपाल स्वस्थ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण