आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

जाडो मौसममा यी १० खानेकुराले राख्नेछन् तपाईंको स्वास्थ्यको ख्याल

आइतबार, २१ कात्तिक २०७३, १२ : ०२
आइतबार, २१ कात्तिक २०७३

जाडोयाममा तपाईंको वरिपरिको वातावरण परिवर्तन हुने भएकाले यसले तपाईंको शरिरभित्र पनि हलचल पैदा गरिदिन्छ । चिसो मौसममा तपाईंको ऊर्जाको मात्रा, मेटाबोलिजम र तपाईंले मनपराउने खानामा समेत परिवर्तन हुन्छ । त्यसकारण जाडो मौसममा तपाईंले यी खानेकुरा खाँदा तपाईं स्वस्थ रहन मद्दत पुर्याउँछ ।

नट्सः यसमा पोटासियम, म्याग्नेसियमजस्ता तत्व हुन्छन् जसले रक्तचाप लाई एक समान राख्दछ र मुटुको रोगलाई टाढै राख्दछ । चिसो मौसममा दिनमा ४ देखि ५ वटासम्म नट्स खान सक्छन् । तिलः यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले चिसो मौसममा लाग्ने रोगबाट बचाउँछ । यसले पाचन शक्तिलाई पनि बलियो बनाउँछ । यसको लड्डु वा अचार बनाएर खान सक्नुहुन्छ । गाजरः यसमा ‘भिटामिन ए’ को मात्रा अत्यधिक हुन्छ । यो खाँदा शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोगबाट बचाउँछ । यसलाई काँचो वा यसको हलुवा वा जूस बनाएर पिउन सक्नुहुन्छ । मेथीः यसमा पोटासियम र आइरन हुन्छ जसका कारण यसले कमजोरी हटाउँछ र मुटुको रोगीलाई पनि राहत दिन्छ । सखरखण्डः यसमा फाइबरको मात्रा अधिक हुन्छ त्यसरकाण यो धेरै खाँदा पनि यसले तौल बढाउँदैन । यसलाई उसिने र तारेर खान सकिन्छ । अदुवाः यसमा जिन्जेरोल्स हुन्छ जसका कारण शरिरको प्रतिरोधक क्षमता बढाउँछ । यसको चिया बनाएर पनि पिउनसक्नुहुन्छ र खानामा पनि मिसाउन सक्नुहुन्छ । बदामः यसले शरिरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्दछ र मुटुको रोग लाग्नबाट बचाउँछ । यसमा राम्रो फ्याट हुन्छ जसले छालालाई नरम बनाइराख्न सहयोग गर्दछ । अण्डाः यसमा फोलिक एसिड र भिटामिन डी हुन्छ जसले हड्डी बलियो बनाउँछ । माछाः यसमा जिंक र ओमेगा थ्री फ्याटी एसिड हुन्छ जसले छाला रुखो हुनबाट बचाउँछ । अनारः यसमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेटरी प्रचुर मात्रामा पाइने भएकाले यसले उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, हृदयघात हुनबाट बचाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप