आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

डाक्टरका कुरा : यस्ता १० कारणले लाग्छ चक्कर

आइतबार, २१ कात्तिक २०७३, १३ : ३४
आइतबार, २१ कात्तिक २०७३
तपाईंलाई कहिलेकाहीँ बसिरहँदा या हिँडिरहँदा घुमाएजस्तो, हल्लाएजस्तो महसुस भएको हुन सक्छ । यस्तो कसैलाई कहिलेकाहीँ हुन्छ भने कसैलाई निरन्तर दोहोरिएको पनि हुन सक्छ । जब तपाईंको दिमागमा नियमित मात्रामा रगत सञ्चालन हुन सक्दैन, त्यतिवेला रिँगटा लागेको महसुस हुन्छ । यसरी रिँगटा लाग्नुका कारण यी हुन सक्छन्ः १.कानमा शरीरलाई सन्तुलनमा राख्ने एउटा विशेष नसा हुन्छ । त्यो नसामा समस्या भएमा चक्कर लाग्छ । २.आँखाको रिफ्लेक्टिभ पावरको सन्तुलन नमिलेर कम या बढी भयो भने चक्कर लाग्छ । ३.कुनै कारणले दिमागमा रगत जम्यो भने चक्कर लाग्छ । ४.रक्तचाप उच्च या कम हुँदा दिमागमा रगतको प्रवाहमा असर पुग्छ र यस्तो अवस्थामा चक्कर लाग्छ । ५.मुटुको धड्कन कम हुँदा, हृदयाघात हुँदा, रक्तसंचार नियमित नभएमा या मुटुले रगत पम्प गर्न नसकेमा चक्कर लाग्छ । ६.शरीरमा ग्लुकोजको मात्रा कम भएमा या बढी भएमा चक्कर लाग्छ । ७.शारीरिक कमजोरी भएमा या कडा खालको दुखाइ भएमा चक्कर लाग्छ । ८.एक्कासि धेरै तातो ठाउँमा बस्दा या हिँड्दा पनि चक्कर लाग्ने हुन्छ । ९.शरीरमा रगतको कमी भएमा तथा लामो समय भोको हुँदा चक्कर लाग्छ । १०.झाडापखाला, बान्ता, उच्च ज्वरो, पानीको कमी, बढी काम, छारेलगायत रोगले पनि चक्कर लाग्न सक्छ । समस्यामा सजगता हिँडिरहेको अवस्थामा चक्कर लागेजस्तो भयो भने थुचुक्क बस्नुहोस् । उभिँदा चक्कर लागेर लड्ने तथा चोटपटक लाग्ने हुन सक्छ । शारीरिक हलचल नगरी आराम गर्नुहोस् । बढी चम्किलो प्रकाशमा नहेर्नुहोस् । तनावमा नआउनुहोस् । नजिकै कुनै चिज भए त्यसलाई समाएर सहायता लिनुहोस् । सधैँका लागि चक्कर लागिरहने समस्या छ भने पहिले के कारणले हो ? पत्ता लगाउनु जरुरी हुन्छ । त्यसैले चिकित्सककहाँ जानु नै उपयुक्त हुन्छ । उपचारपछि पनि सधैँका लागि शारीरिक सन्तुलन कायम गर्नुपर्छ । खानपान सन्तुलित हुनुपर्छ । शरीरमा जलवियोजन हुन दिनुहुँदैन । गाडीमा बस्दा, पानी देख्दा, रूख चढ्दा चक्कर लाग्ने समस्या छ भने ड्राइभिङ नगर्ने, रूख नचढ्ने, पौडी नखेल्नेजस्ता कुरामा सचेत हुनुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप