जाडोमा यस्तो हिटर राम्रो
चिसो मौसम सुरु भएको छ । चिसोबाट बच्न विशेषगरी सहरी क्षेत्रमा हिटरको सहारा लिनेहरू धेरै छन् । नेपालमा इलेक्ट्रिक, ग्यास तथा फ्यान गरी तीन प्रकारका हिटर प्रचलनमा छन् । उपभोक्ताले आफ्नो आवश्यकताअनुसार यस्ता हिटर छनोट गर्न सक्छन् । नेपालमा उपलब्ध हिटरको विशेषता र प्रयोग गर्ने तरिकाबारे इस्ट अफ काठमाडाैँ इलेक्ट्रोनिक्सका बाबाराजा श्रेष्ठको भनाइ यस्तो छः
इलेक्ट्रिक हिटर नेपालमा सबैभन्दा बढी प्रचलनमा रहेको हिटर हो इलेक्ट्रिक । विशेषगरी सहरी क्षेत्रमा कोठा भाडामा लिएर बस्नेलाई यो हिटर धेरै उपयोगी हुन्छ । हलुका, सानो भएको कारण यसलाई बोकेर यताउता सार्न पनि सजिलो हुन्छ ।
भुइँमा राखेपछि मात्र बल्ने विशेषताका कारण इलेक्ट्रिक हिटरबाट आगलागीजस्ता दुर्घटना हुने सम्भावना कम नै हुन्छ । यसलाई झुन्ड्याएर राखेमा बल्दैन । तीनवटा ट्युब हुने हिटरमा आवश्यकताअनुसार तापक्रम मिलाउन पनि सकिन्छ । यसमा आठ सय वाटदेखि १२ सय वाटसम्मको तापक्रम पाइन्छ । रिमोट सिस्टममा पनि पाइने यस्तो हिटर बजारमा एक हजारदेखि २५ सय रुपैयाँसम्ममा किन्न पाइन्छ ।
फ्यान हिटर
फ्यान हिटरको भित्रपट्टि क्वायल राखिएको हुन्छ । यसलाई आवश्यकताअनुसार जाडो र गर्मी दुवै मौसममा उपयोग गर्न सकिन्छ । गर्मी मौसममा तातो दिने सिस्टम अफ गरेर चिसो हावा मात्र दिने बनाउन सकिन्छ । यसैलाई जाडो मौसममा भने एक हजारदेखि दुई हजार वाटसम्मको तातो हावा फाल्ने पनि बनाउन मिल्छ । कोठामा तातो हावा फाल्ने हुँदा भित्री वातावरण न्यानो बनाउन सकिन्छ । कोठाको कुनै पनि कुनामा राख्न सकिने फ्यान हिटरलाई एसीका रूपमा पनि प्रयोग गर्न सकिन्छ । सुविधा र क्षमताअनुसार यस्तो हिटर १५ सयदेखि १२ हजार रुपैयाँसम्म पाउन सकिन्छ ।
ग्यास हिटर ग्यास हिटर भित्र नै ग्यास सिलिन्डर अट्ने हुन्छ । आकारमा पनि ठूलो हुने कारण यसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न गाह«ो हुन्छ । यसमा तीनवटा माटोको क्वायल हुन्छ । तर, ग्यास हिटरबाट खार आउने कारण कोठामा प्रयोग गर्दा विशेष सजगता अपनाउनुपर्छ । कोठाको हावा बाहिर निस्कन मिल्नेगरी भेन्टिलेटर वा झ्याल खुला राख्नुपर्छ । अन्यथा, ग्यास गुम्सिएर ठूलै दुर्घटना पनि निम्तिन सक्छ । यस्तो हिटरको मूल्य भने ६ हजारदेखि १० हजार पाँच सय रुपैयाँसम्म पर्छ । लोडसेडिङ हुने हाम्रो जस्तो मुलुकमा ग्यास हिटरको प्रयोग पनि बढी नै छ । अहिले बजारमा ग्यास र इलेक्ट्रिक दुवै तरिकाले चल्ने हिटर पनि पाइन्छ । लोडसेडिङ भएमा ग्यासबाट र नभए इलेक्ट्रिक सिस्टम प्रयोग गर्न मिल्ने यस्तो हिटर निकै उपयोगी हुन्छ ।
उपयोगी टिप्स हिटर बाल्दा सधैँ बच्चालाई नजिक पर्न दिनुहुँदैन । जुनसुकै मोडलको हिटर भए पनि कोठामा बाल्दा झ्याल र भेन्टिलेटर खोलेर बस्न भुल्नुहुँदैन । कोठामा तातो हावा बहँदा दुर्घटना निम्तिन सक्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण