घर फर्कंदा श्रीमतीलाई अर्को पेन्ग्विनसँग देखेर भड्कियो श्रीमान्, कुटीकुटी बनायो अर्धमृत (अपत्यारिलो भिडियोसहित)
मानिसको विवाहेत्तर सम्बन्धको बारेमा त सुन्नुभएकै होला तर के तपाईंले जनावरको पनि यस्तो सम्बन्धबारे सुन्नुभएको छ वा देख्नुभएको छ ? यदि छैन भने, आज हामी तपाईंलाई यस्तै सम्बन्धलाई दर्साउने खबर बताउँदैछौं । केही दिन अघि नेशनल जियोग्राफिक च्यानलले दुई पेन्ग्विन झगडा गरिरहेको भिडियो ट्वीट गर्यो जुन सोसल मिडियामा निकै भाइरल भयो ।
भिडियोमा दुबै पेन्ग्विन एक अर्काको रगतको प्यासी देखिए । नेशनल जियोग्राफिक च्यानलका अनुसार जब श्रीमान् पेन्ग्विन घर फर्किए तब उसले श्रीमतीलाई अर्को पेन्ग्विनसँग देख्यो त्यसपछि श्रीमान् पेन्ग्विन भड्कियो र यी दुईबिच सुरु भयो रक्तिम लडाईं ।
उक्त च्यानलले भिडियोको शीर्षक राख्यो राती जनावरको लडाईंः घर तोड्ने पेन्ग्विन (Animal Fight Night: Home wrecking Penguin) । कूल तीन मिनेटको यो भिडियोमा दुबै पेन्ग्विनले खुब झगडा गरे । लड्दा लड्दै उनीहरुले पोथी पेन्ग्विनले बिजेता छान्ने निर्णय गर्छन् ।
पोथी पेन्ग्विनले घर तोड्ने पेन्ग्विनलाई रोज्छिन् र दुईजना घरतर्फ अगाडि बढ्छन् । उनको श्रीमान् हार नमानी उनीहरु दुबैको पिछा लाग्छ र पुनः एकपटक दुबै भाले पेन्ग्विनको झगडा हुन्छ । तर पोथी पेन्ग्विन आफ्नो निर्णयमा अडिग हुन्छिन् । केही बेर झगडा गरेपछि उनको श्रीमान् आफसेआफ त्यहाँबाट हिँड्छ ।
हेरौं अपत्यारिलो भिडियो
A fight breaks out when a husband comes home and finds his wife with another penguin. pic.twitter.com/9ejYGcJ5TJ
— Nat Geo Channel (@NatGeoChannel) November 4, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण