दुहुना पशु नपघ्रिएमा इन्जेक्सन दिने बानी नबसाल्नुस्
वर्षाको बेला पशुपालनको लागि कठिन तथा धैर्य गर्नुपर्ने समय मानिन्छ । यसबेला पशुहरूलाई विभिन्न रोगले सताउने समस्याको सामना गर्नुपर्ने हुन्छ । यी रोग सँगसँगै पोथी पशुको जीवन कालको एक महŒवपूर्ण प्रक्रिया प्रायः जसो यसै मौसममा देखिने गर्छ, त्यो हो ब्याउने बेला सुरु हुन्छ । अनुमान गाई भैँसीहरू आफ्नो गर्भावस्था अवधि पूरा गरी वर्षाकालको नजिकै ब्याउन सुरु गर्छन् र दूध उत्पादन गर्ने बेला सुरु हुन्छ । केही गाई भैँसीमा ब्याए पछि दूध दुहुन गाह्रो हुने गर्छ र यी पशु पध्रिन लामो समय लगाउँछन् वा सजिलै कल्चौडाबाट दूध निर्खादैनन् । ग्रामीण भाषामा यसलाई नपध्रिनु, दूध लुकाउन पाना नछाड्नु, पाना चोरी गर्नु भन्ने गरिन्छ भने अंग्रेजीमा रिटेन्सन अफ मिल्क भनिन्छ । जब किसान दूध दुहुने भाडा लिएर दूध दुहुन बस्छ, पशु पध्रिन आधा घण्टादेखि एक घण्टासम्म पर्खेर समय बिताउनुपर्ने स्थिति सिर्जना हुन सक्छ । एउटा औषत कृषकको लागि यो समय पट्याएर लाग्दो अनि व्यर्थमा समय खेर फालेको जस्तो लाग्न थाल्छ । प्रभावित पशुको लागि भविष्यको लैनो जीवनका लागि यो कुलक्षण मानिन्छ ।
दूधलाई आफ्नो कल्चौडामा समेटेर राख्ने प्रवृत्ति त्यस्ता गाई भैँसीमा देखापर्छ, जो कुनै मनोवैज्ञानिक कुप्रभावबाट ग्रसित हुन सक्छन् । जस्तै ब्याउने बित्तिकै वा १–२ महिनापछि पाडा, बाच्छा, बाच्छीको मृत्यु भएको अवस्था जसले माउलाई मानिसक धक्का पुग्छ वा प्रसवको बेला बच्चा निकाल्न अप्ठ्यारो भएमा या बच्चा जबर्जस्ती तानेर निकालिएको भए । पशुको शरीरमा क्यालसियमको अल्पता भएमा दूध नपघ्रिने समस्या बिस्तारै देखिन सक्छ । यस्तो परिस्थितिमा अधिकांश पशुपालकले दूध पघ्रिने इन्जेक्सनकने प्रयोग विना यसको दूरगामी प्रभाव जानिकन अन्धाधुन्द प्रयोग गर्न थाल्छन्, जसले पशुको आगामी वेतमा दूध उत्पादनमा गम्भीर असर पार्न सक्छ ।
यसको साटो नपघ्रिने वा ढिलो गरी पघ्रिने दुहुना गाई भैँसीलाई घरेलु विधिबाट समाधान गर्न सकिन्छ, जुन किफायती प्रभावशाली तथा कुनै कुप्रभावरहित हुने गर्छ ।
विचारणीय कुरा यो छ कि यी इन्जेक्सन मलस्यावि उत्पादन हाम्रो नल प्रिपेरेशन हुने गर्छन् र यसको सिधा र त्वरीत प्रभाव शरीर विज्ञानको प्राकृतिक क्रियामा पर्छ । क्षणभरमा नै यी इन्जेक्सनको जादु दृष्टिगोचर भलै हुन थाल्छ । त्यसैले पशुपालकले कहिले पनि आफ्नो दूधालु पशुलाई दूध पघ्रिने इन्जेक्सन लगाउनुपर्ने बानी बसाल्नु हुँदैन । यसको प्रभाव दूध उत्पादनमा पर्छ ।
बरु यसको साटो नपघ्रिने वा ढिलो गरी पघ्रिने दुहुना गाई भैँसीलाई घरेलु विधिबाट समाधान गर्न सकिन्छ, जुन किफायती प्रभावशाली तथा कुनै कुप्रभावरहित हुने गर्छ । यसको लागि दुहुनाभन्दा आधा घण्टा पहिले प्रभावित पशुलाई रोटिमा खाने तेलसँगै १० ग्राम हिंग मिसाएर खुवाउनुपर्छ । हिंगको तीक्ष्ण गन्ध तथा स्वादले पशुलाई मानसिक तनावबाट मुक्त गरी उसको ध्यान विचलित गराउँछ, जसले गर्दा कल्चौडोको संकुचित दूध प्रवाहि नसा फैलिएर जान्छ । यदि गाई भैँसीको बच्चा मरेको छ भने छिमेकको घरबाट अर्को पाडा, बाच्छा, बाच्छी प्रभावित पशुसँग दूध चुसाउने गर्न सकिन्छ, यद्यपि सुरुका दिनमा यो असम्भव लाग्न सक्छ तर बिस्तारै पशुले दूध चुस्न दिने गर्छ र दूध दुहुन सजिलो हुन सक्छ । प्रयोगको प्रारम्भिक दिनमा प्रभावित पशुको आँखालाई कुनै लुगाले छोपी नौलो पाडा, बाच्छालाई देख्न नदिने तथा नाकमा घासलेट पाउडर दलिदिने, जसले जनावरको सुघ्ने शक्ति कम भएर जान्छ । जसले गर्दा प्रभावित पशुले आफ्नो र अर्को पशुको बच्चा छुट्याउन नसकोस् । पशु चिकित्सकको सल्लाहमा क्लोरप्रोमेजीनको चक्की दुहुनभन्दा १ घण्टा पहिले खुवाउन सकिन्छ । यी चक्कीले पशुलाई मानसिक तनावबाट मुक्त गर्ने । यदि पशुको शरीरमा क्यालसियमको अल्पता भएमा रगतको नसाबाट या दाना पानीमा राखेर खान दिँदा पनि समस्या समाधान गर्न सहयोग हुने गर्छ । गैलोग पाउडर खान दिँदा पनि पशु बेलैमा पघ्रिने गर्छ । यस्तो समस्या देखिँदा केही किसान पशुको ढाडमा बेस्सरी हिर्काउने पशुको पुच्छरको रौँ मलद्वारमा छिराउने गर्छन् । यी क्रिया अमानवीय हुनुका साथै पशुका लागि हानिकारक पनि हो ।
त्यसैले पशुहरू नपघ्रिने समस्या कुनै पशु रोग व्याधीसँग सबन्धीत नभई यो नितान्त व्यवस्थापकीय त्रुटीका कारण हुने हुँदा पशुहरूको सानै उमेरदेखि गर्भधारण, गर्भावस्थामा पशुलाई आवश्यक पोषण, आवास तथा शारीरिक व्यायम अभ्यास गराउने तथा ब्याउने बेला देखापर्ने समस्या दक्ष पशु चिकित्सकबाट बेलैमा समाधान गरिने हो भने दूध पघ्रिने समस्या न्यूनीकरण गर्न सकिन्छ, साथै पशुको उत्पादकत्व स्थिर राख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण