शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

दादुराका कारण दैनिक ४०० बालबालिकाको मृत्यु

शनिबार, २७ कात्तिक २०७३, १३ : ३७
शनिबार, २७ कात्तिक २०७३

संयुक्त राष्ट्रसङ्घ– विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको छ ।

सन् २००० देखि २०१५ सम्मको अध्ययन गर्दा दादुराबाट मृत्यु हुनेहरुको संख्या घट्दै गएको देखिएपनि सन्तुलित सुधार भने हुन नसकेको राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । “लोकतान्त्रीक गणतन्त्र कङगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानले दिएका विवरणहरुमा दादुराका कारण मृत्यु हुने बालबालिकाहरुको संख्या आधा घटेको छ”, राष्ट्रसङ्घका सहप्रवक्ता फरहान हकले भने । “दादुरालाई इतिहास बनाउन असंभव छैन,” युनिसेफका खोप प्रमुख रोबिन नन्दीले भने, “संभव बनाउनका लागि हामीसँग ज्ञान र उपाय हामीसँग छ । जति टाढा भएपनि बालबालिकाहरु सम्म पुग्नका लागि हामीसँग राजनीतिक इच्छाशक्तिको खाँचो छ । राजनीतिक इच्छाशक्ति विना बालबालिका यसैगरी मरिनै रहने छन् ।” दादुरा विरुद्धको विश्वव्यापी अभियानलाई अझै क्षेत्रविस्तार गर्न युनिसेफ, डब्लुएचओ, गाभी, खोप सञ्जाल र रोग नियन्त्रण तथा निवारण केन्द्र क्रियाशिल रहेका छन् । तर प्रयासहरु अझै पनि अपर्याप्त भएका छन् ।

सन् २०१५मा झण्डै १ लाख ३४ हजार बालबालिकाको दादुराका कारण मृत्यु भएको तथ्यांक छ । “यही रोगका कारण बर्षेनी लाखौ बालबालिकाको मृत्यु हुने कुरा स्विकार्नै नसकिने विषय हो । उनीहरुलाई बचाउने प्रभावकारी र सुरक्षित खोप हामीसँग छ र हामी उनीहरुलाई बचाऔं,” स्वास्थ्य सङ्गठनको खोप तथा जैविक विभागका निर्देशक जोन मरिक ओक्योबेलेले भने । उनले थपे, “यही बर्ष अमेरिकी क्षेत्रमा दादुरामुक्त क्षेत्र घोषणा गरिएको छ, यस्ले यो सम्भव छ भन्ने पुष्टी गर्दछ । अव हामी वाँकी विश्वमा पनि दादुरामुक्त क्षेत्र बनाउनु पर्दछ । यो अभियान खोपबाट सुरु गर्नुपर्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप