शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

‘दिल बिचारा’को घोषणा

सोमबार, २९ कात्तिक २०७३, १७ : ५७
सोमबार, २९ कात्तिक २०७३
काठमाडौं – ट्रेन्डी फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘दिल विचारा’ निर्माण हुने भएको छ । रञ्जीन राना मगरको निर्देशनमा चलचित्र बन्न लागेको हो । सोमबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक रानाले चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्मले देखाउने जानकारी दिए । फिल्ममा तम्भोको लगानी रहनेछ । लभ, एक्सन, कमेडी समेत समेटिने चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ । मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्म माघबाट छायांकन सुरु हुनेछ । फिल्मको छायांकन नेपालको पश्चिम क्षेत्रमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप