पैसा साट्न लाइनमा बसेकी युवतीले अचानक कपडा उतारेपछि....
दिल्लीको मयुर विहार फेज–३ मा बैंकमा पैसा साट्न लाइनमा बसेकी युवती कुर्दा कुर्दै थकित भएपछि विरोध स्वरुप आफ्नो कपडा उतारेकी छिन् । युवतीको यस्तो व्यवहारले त्यहाँ उपस्थित मानिसहरु अक्क न बक्क भए ।
स्रोतका अनुसार त्यहाँ उपस्थित पुलिसले युवतीलाई बैंक भित्र लगेर सम्झाइन् र १० मिनेटभित्र उनको सबै पैसा बैंकले साटिदियो ।
एक प्रत्यक्षदर्शीका अनुसार आइतबार दिउँसो युवती एक्सिस बैंकमा पैसा साट्नका लागि लाइनमा बसेकी थिइन् । लाइन निकै लामो थियो र त्यहाँ मानिसहरुको ठेलाठेलको स्थित थियो । यसैबिच उनले अचानक आफ्नो माथिपट्टीको लुगा खोलिदिइन् जसका कारण मानिसहरुबिच सन्नाटा छायो । महिला पुलिसले उनलाई तत्काल लुगा लगाउन आग्रह गरेपछि उनलाई १० मिनेटभित्र पैसा साटेर त्यहाँबाट पठाइयो ।
यस विषयमा पुलिसले भिन्न बयान दिइरहेको स्रोतले दाबी गरेको छ । गाजीपुर थानाका एसएचओ अशोक कुमारले स्रोतसँग पहिलो पटक कुरा गर्दा कपडा उतार्ने महिला नभई एक समलिङ्गी भएको बताएका थिए । पछि उनले जुन घटना भएको स्थान नै गलत बताए ।
भारतले ५ सय र हजाररुपैयाँ प्रतिबन्ध गरेपछि मानिसहरुले आफूसँग भएको पैसा साट्न विभिन्न बैंकमा घण्टौं लाइन बस्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण