चिसोले खोकी लागिरहन्छ ? यी १० घरेलु तरिका अपनाउनुस्
चिसो मौसममा ब्याक्टेरिया र भाइरस निकै तिब्र रुपमा फैलने गर्दछ । जसका कारण रुघा खोकीजस्ता स्वास्थ्यजन्य समस्या धेरैलाई हुनसक्छ । तर हामी हाम्रो किचनमा पाइने यी कुराहरुले रुघा खोकीबाट निकै चाँडै राहत पाउन सक्छौं ।
तुलसीः एक कप तातो पानीमा ५–७ वटा तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो गरेर दिनमा २–३ पटक पिउनुहोस् । मेथीको दानाः
मेथीको दानालाई पानीमा उमालेर दिनमा २ पटक पिउनुहोस् । यसले निकै फाइदा पुर्याउँछ ।
कालो मरिचः एक चम्चा महमा एक चिम्टी कालो मरिच पाउडर हालेर चाट्नुहोस् । दिनमा दुई पटक यसरी मह सेवन गर्दा खोकी चट् हुन्छ ।
अदुवाः एक चम्चा अदुवाको पाउडरमा एक कप पानीमा हालेर उमाल्नुहोस् र पिउनुहोस् । यसले संक्रमण र भाइरसलाई बचाउँछ ।
बेसारः बिहान बेलुकका बेसारको धुलो दूधमा हालेर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत दिलाउँछ ।
अंगुरः आधा कप अंगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहान बेलुका पिउनुहोस् । राहत पाउनुहुनेछ ।
मह, अदुवा र कागती पानीः एक चम्चा मह र आधा चम्चा अदुवाको पाउडरलाई एक कप मनतातो कागती पानीमा मिसाएर पिउनेछ । यसले खोकीलाई निकै फाइदा पुर्याउँछ ।
किसमिस र अदुवाः आधा मुट्ठी किसमिसलाई एक चम्चा अदुवाको पाउडरमा उमालेर पिउनुहोस् । आराम पाउनुहुनेछ ।
कागती पानी र किसमिसः एक मुट्ठी किशमिशलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी हालेर दिनमा दुई पटक पिउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण