शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

मंगोलियन फेसमा बढी डन्डिफोर

मङ्गलबार, ०७ मङ्सिर २०७३, १५ : २६
मङ्गलबार, ०७ मङ्सिर २०७३

तुलनात्मक रूपमा आर्यनलाई भन्दा मंगोलियनलाई डन्डिफोरले बढी सताउँछ । मंगोलियन स्किनमा डन्डिफोर बढी आउनुको कारण एउटै छ । स्किन प्रोफेसनल पभी गुरुङ भन्छिन्ः

छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर निस्किन नपाउनु डन्डिफोर निम्तिने एक प्रमुख कारण हो । यो समस्या मंगोलियन स्किनमा बढी हुन्छ । किनभने मंगोलियनहरूको अनुहारमा रौँ निकै कम हुन्छ । रौँ उम्रिएको प्वालबाट छालाभित्रको फोहोर तथा डेड सेल्स बाहिर जान पाउने सम्भावना मंगोलियनमा निकै कम हुन्छ । त्यसैले उनीहरूलाई डन्डिफोर बढी आउँछ ।

धेरै रौँ भएको छालामा डन्डिफोर निकै कम आउँछ । यो कुरा पुरुष र महिलाबीच तुलना गर्न पनि सकिन्छ । पुरुषभन्दा महिलालाई बढी डन्डिफोर आउँछ । पुरुषको दाह्री पलाउने ठाउँतिर डन्डिफोर खासै देखिँदैन । प्रायः निधारतिर मात्रै डन्डिफोर आउँछ । महिलाको भने अनुहारमा सबैतिर डन्डिफोरले सताउँछ ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप