किन टिक्दैन कपालमा मेहदी ?
मङ्गलबार, ०७ मङ्सिर २०७३, १५ : ३४
धेरैले कपालमा मेहदी प्रयोग गर्छन् । मेहदी प्रयोग गर्नेहरू कपाल फुल्न थालेका पाका व्यक्ति नै बढी हुन्छन् । तर, अधिकांशको गुनासो हुन्छ, कपालमा मेहदी नै टिक्दैन ।
यस्तो किन हुन्छ ? हेयर डिजाइनर लम्बु ठाकुरले मेहदी प्रयोग गर्ने व्यक्तिबाटै हुने स–साना गल्ती औँल्याएका छन्ः
मेहदी लगाउनुअघि कपाल राम्रोसँग धुनुभएन या फोहोर कपालमा मेहदी लगाउनुभयो भने राम्रोसँग बस्दैन ।
मेहदीको क्वालिटी जति नै राम्रो भए पनि मैलो कपालमा लगाएको छ भने टिक्दैन ।
नुहाएर चिसै कपालमा मेहदी लगाउँदा पनि टिकाउ हुँदैन ।
नुहाएको सफा कपाललाई पूर्ण रूपमा सुकाएपछि मात्रै मेहदी लगाउनुपर्छ ।
पानीको मात्रा बढी राखेर तयार पारिएको मेहदी पनि कपालमा टिक्दैन ।
मेहदीको प्याकेटमा उल्लेख गरिएअनुसार मात्रै तयार पार्नुहोला ।
थोरै पानीमा ब्रसले मजास“ग फिटेर लगाएको मेहदी राम्रोसँग बस्छ ।
कपाल र मेहदीको क्वालिटी मेल खाएन भने पनि मेहदी राम्रोसँग टिक्दैन ।
कपालको क्वालिटीअनुसार मेहदीको क्वालिटी छनोट गर्नुपर्छ ।
क्वालिटी फरक पर्दा आउने रियाक्सनले मेहदी नटिक्ने मात्रै होइन, कपालमै खराबी निम्त्याउन सक्छ ।
मेहदी लगाएपछि पखाल्ने समय मिलेन भने पनि कपालमा टिक्दैन ।
मेहदीको प्याकेटमा दिइएको टिप्सलाई नै आधार मानेर यो काम गर्नुपर्छ ।
किनभने, मेहदीअनुसार कपालमा राख्ने समय फरक–फरक हुन्छ ।
कपालमा प्रयोग गर्ने स्याम्पु, कन्डिसनर कपालको क्वालिटीसँग मिल्दो नहुँदा पनि मेहदी टिक्न पाउँदैन ।
मेहदी र कपालको गुणअनुसार मिल्ने हेयर प्रोडक्ट प्रयोग गर्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण