अर्बपती व्यापारीले आफ्ना गाउँका प्रत्येकलाई बनाइदिए करोडपती
स्पेनको सेरेजाल्स डेल कोन्डाडोस्थित एक पूरा गाउँका ८० व्यक्ति रातारात करोडपती बनेका छन् ।
उनीहरुको यस्तो राम्रो भाग्य कुनै चिट्ठा पाएकालेले नभई अन्टोनिनो फर्नान्डेजको जन्मस्थल भएर यहाँका बासिन्दाहरु भाग्यामानी भएको आशंका गर्न सकिन्छ ।
फर्नान्डेज परिवारमा जन्मिएका १३ औं सन्तानमध्येका ११ औं हुन् । उनी ३२ वर्षको हुँदा सन् १९४९ मा मेक्सिकोमा बसाईं सरेका थिए ।
उनी ग्रुपो मोडेलो नामक बियर उत्पादन कम्पनीको सिइओ बन्न त्यहाँ गएका थिए । ग्रुपो मोडेलोले कोरोना बियरको उत्पादन गर्ने गर्दछ ।
फर्नान्डेज यसै वर्षको अगस्टमा ९९ वर्षको उमेरमा मृत्यु भयो । त्यतिबेलासम्म उनी खर्बपती भइसकेका थिए ।
उनको इच्छा अनुसार १ सय ६९ मिलियन पाउन्ड लियोन प्रान्तमा रहेको सेरेजालेस गाउँ (जहाँ उनी जन्मेका र हुर्केका थिए) लाई छुट्याइयो । उनले जति रकम यो गाउँलाई छुट्याएका छन्, त्यस अनुसार यहाँका प्रत्येक बासिन्दाले २ मिलियन पाउन्ड अर्थात २७ करोड नेपाली रुपैयाँ पाउनेछन् ।
फर्नान्डेज सन् १९१७ को डिसेम्बर १३ तारिखमा जन्मिएका हुन् । निकै गरिब परिवारमा जन्मिएका उनले १४ वर्षको हुँदा स्कूल छोड्नुपरेको थियो ।
स्पेनको गृहयुद्ध पछि उनी उत्तरी स्पेनको लियोनमा बसाईं सरे जहाँ उनले सिनिया गोन्जालेज डिइजसँग विवाह गरे ।
सन् १९४९ मा उनकी श्रीमतीका काकाले यो जोडीलाई मेक्सिको बसाईं सर्नका लागि आग्रह गरे । श्रीमतीका काका ग्रुपो मोडेलोका मालिक हुन् । फर्नान्डेजले त्यहाँ गोदामको कर्मचारी भएर सुरुवातमा काम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण