पोखरा विश्वविद्यालयमा बदमासी : छात्रवृत्तिको कोटामा पैसा लिएर विद्यार्थी भर्ना
शुक्रबार, ०१ पुस २०७३, १६ : ४५
काठमाडौं–पोखरा विश्वविद्यालयका पदाधिकारीले पदिय दुरुपयोग गर्दै छात्रवृत्तिको कोटामा पैसा लिएर विद्यार्थी भर्ना गरेको खुलेको छ । पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेसमा नियम अनुसार दुई जना विद्यार्थीलाई निःशुल्क भर्ना गर्नुपर्ने भए पनि एक जना विद्यार्थीलाई मात्र भर्ना गरेर अर्को एक जनासँग पैसा लिएर भर्ना गरिएको विश्वविद्यालयका एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए ।
मास्टर ईन फार्मेसिको क्लिनिकल विषयमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसलाई प्राप्त दश कोटामध्ये २० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीका लागी छुट्याउनुपर्ने नियमावलीमा ब्यवस्था रहेको छ । तर, विश्वविद्यालयका डिन र निर्देशकको मिलेमतोमा निःशुल्क छात्रवृत्ति दिनुपर्नेमा त्यस्तो कोटा एक जनालाई मात्रै दिएर अर्को एउटा कोटा भने खारेज गरेको पाइएको छ ।
‘छात्रवृत्ति कोटामा पनि पैसा लिएर भर्ना गरिएको छ’ पोखरा विश्वविद्यालयमा छात्रवृत्ति कोटामा नाम निकालेका एक विद्यार्थीले भने, ‘विश्वविद्यालयको यस्तो ब्यवहारले हामीलाई अन्याय भयो ।’
यसरी छात्रवेृत्ति कोटामा पनि पैसा लिन मिल्छ भन्ने रातापाटीको जिज्ञासामा पोखरा युनिभर्सीटीका डिन खेमराज जोशीले आफू काठमाडौं रहेको उल्लेख गर्दैै भने, ‘यो विषयमा मलाई थाहा छैन, त्यहाँ निर्देशक सँग बुझ्नुहोला’ भन्दै पन्छिए ।
स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका निर्देशक डमरु प्रसाद पनेरुले पहिले ६ ओटा मात्रै कोटा रहेको जिकिर गर्दै पछी चार वटा कोटा थप आएको बताए । उनले भने, ‘पछि थप भएको कोटा समेत जोडेर विश्वविद्यालयले छात्रवृत्ति दिन नभनेकोले थप कोटामा फि लिएर भर्ना गरेका हौं, अर्को बषदेखि नियमअनुसार छात्रवृत्ति उपलब्ध गराउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा नेकपाको आरोप : सरकारको सुशासन खोक्रो भयो
-
अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'
-
उजुरीपछि अख्तियारको छापा
-
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
-
एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
-
जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण