मुस्लिम समुदायका बालबालिकालाई स्विटर वितरण
आइतबार, ०३ पुस २०७३, ०९ : ५२
पाल्पा - रामपुर नगरपालिका वडा नं ६ इस्लामपुरका बालबालिकालाई जाडोको कपडा स्विटर वितरण गरिएको छ ।
मदरसा नुरुल हुदा अले सुन्नत प्राथमिक विद्यालयका गरिब, विपन्न वर्गका ५० जना बालबालिकालाई ५० थान स्विटर वितरण गरिएको हो । जाडो बढ्दै गएपछि विद्यालय व्यवस्थापन समितिले यहाँका बालबालिकालाई स्विटर वितरण गरेको समिति सदस्य हलिमा खातुनले जानकारी दिए ।
मारुनी नाच नाचेर रकम सङ्कलन
मगर समुदायमा प्रचलित मारुनी नाचबाट फोक्सिङकोटका युवाले रु ६२ हजार १६४ सङ्कलन गरेका छन् ।
फोक्सिङकोट रानीबासका युवाले लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच संरक्षण गर्ने उद्देश्यले वर्षको चारपटक नाच्ने गर्छन् ।
दसैँको कोजाग्रत पूर्णिमाका दिन, तिहार पर्व, हरिबोधनी एकादशी र मङ्सिरे पूजाका अवसरमा गाउँका युवाले फरिया, साडी, चोलोलगायतका महिलाका वेशभूषा लगाएर खैँजडी, मजुरा, मादलको तालमा नाच्ने गर्छन् ।
मारुनी नाच नाचेर सङ्कलित रकम हरेक वर्ष यहाँका युवाले सामाजिक, विकास निर्माणका क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । यसवर्ष सङ्कलित रकम गाउँको सिद्ध मन्दिर निर्माणका लागि खर्च गरिने स्थानीयवासी एवत सारुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
सदनमा नेकपाको आरोप : सरकारको सुशासन खोक्रो भयो
-
अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'
-
उजुरीपछि अख्तियारको छापा
-
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
-
एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण