वीर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन
काठमाडौँ - नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले आजबाट आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको बताए ।
उनले भने, “फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् । अहिले उपलब्ध नभएका औषधि बिस्तारै थप गर्दै जानेछौँ ।” सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर धेरै अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन् ।
स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पताललाई अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने बाध्यता सिर्जना भएको छ ।
यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ । यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो । सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन ।
बिरामीले एउटै औषधिलाई फार्मेसीपिच्छे फरक फरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ ।
मन्त्रालयले केन्द्रीय अस्पतालमा रु ३० लाख, क्षेत्रीय अस्पताल रु २५, उपक्षेत्रीय अस्पताल रु २० र अञ्चल अस्पतालमा रु १५ लाख रुपैयाँ बीउ पुँजीका रूपमा पठाइसकेको छ ।
यसैगरी जिल्ला अस्पताललाई कुल रु तीन करोड ४४ लाख फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण