अपडेट
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
सोमबार, ०१ असार २०८३, ०४ : ०२
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता सम्पन्न भएको दाबी गर्दै त्यसको औपचारिक घोषणा गरेका छन् ।
- पाकिस्तानले सार्वजनिक गरेको प्रतिवेदनलाई पुष्टि गर्दै ट्रम्पले दुई देशबीच सहमति जुटेको दाबी गरेका हुन् ।
- ट्रम्पले 'इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ' भन्दै स्ट्रेट अफ हर्मोज खुला गर्न र इरानविरुद्धको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन अधिकार प्रदान गरेका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता सम्पन्न भएको दाबी गर्दै त्यसको औपचारिक घोषणा गरेका छन् । पाकिस्तानले यसअघि सार्वजनिक गरेको प्रतिवेदनलाई पुष्टि गर्दै ट्रम्पले दुई देशबीच सहमति जुटेको दाबी गरेका हुन् हुन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसियल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले भने, ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ ।’
यसै घोषणाका आधारमा उनले ‘स्ट्रेट अफ हर्मोज’ खुला गर्न र इरानविरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दीलाई तत्काल हटाउन पूर्ण अधिकार प्रदान गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण