मधेसमा पत्रकारले मनाए बलिदानी दिवस
महोत्तरी–मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो सहिद भएको दिनलाई स्मरण गर्दै प्रेस मन्च नेपालले बलिदानी दिवस मनाएको छ । सहिदकै नाम प्रयोग गरि राजनीति गरिरहेका मधेशवादी दलहरुले बलिदानी दिवस मनाउने चर्चा गरेपनि बुधवार साझसम्म कुनै कार्यक्रम नगरेपछि प्रेस मन्च नेपालले जलेश्वरको दुर्गाचोकमा मैनबत्ती जलाएर सहिदलाई सम्झेको हो ।
कायृक्रममा मन्चका केन्द्रीय प्रवक्ता रञ्जन भण्डारीको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष घनश्याम भगतको अध्यक्षतामा सहिदलाई श्रद्धान्जली दिईएको थियो ।
श्रद्धान्जली सभालाई सम्बोधन गर्दै केन्द्रिय प्रवक्ता भण्डारीले सहिदकै नाममा राजनिति गर्ने दलहरुले सहिदलाई विर्सेकोमा चिन्ता व्यक्त गर्दै यसले मधेशी दलको राजनीति प्रभावित हुने बताए । उनले हरेक आन्दोलनलाई पत्रकारले नजिकैबाट नियालेकोले राजनीतिक दलले विर्सेपनि संचारकर्मीहरुले सहिदलाई विर्सन नसक्ने बताए ।
कार्यक्रममा केहि मधेशवादी दलका केही नेता, युवा,बुद्धिजिवी तथा नागरिक समाजका प्रतिनिधि भने सहभागि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण