अर्नाको आक्रमणबाट महिला गम्भीर घाइते
शुक्रबार, ०७ माघ २०७३, ०६ : ४५
इनरुवा - अर्नाको आक्रमणबाट बिहीबार एक महिला गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा सुनसरी मधुवन–१ बस्ने ४० वर्षीया राधादेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्षमा खर काट्न गएको बेला अर्नाले आरक्षभित्र आक्रमण गरेपछि खत्वे गम्भीर घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।
घाइते खत्वेलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा ल्याएको र यहाँ उपचार सम्भव नभएका कारण थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण