मोरिससका पूर्व राष्ट्रपतिले भने, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय’
मङ्गलबार, ११ माघ २०७३, १० : ०९
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ ।
मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा दुईबीच विभिन्न विषयहरुमा छलफल भएको भएको थियो ।
भेटका क्रममा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सर्हाना गरेका थिए ।
उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताए ।
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण