केरुङबाट ल्याएको १० तोला सुन सहित एक पक्राउ
मङ्गलबार, ११ माघ २०७३, १० : ०८
काठमाडौं– रसुवाको टिमुरे–१ रसुवागढी चेकपोष्ट बाट सिन्धुपाल्चोक सिम्पालका चक्त बहादुर धमाल १० तोला ५ लाल सुन सहित पक्राउ परेका छन् । रसुवा यार्सा–९ बस्दै आएका ४६ बर्षीय धमलालाई केरुङबाट सुन लिएर आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
टिमुरे–१ रसुवागढी प्रहरी चेकपोष्टमा सोमबार केरुङबाट नेपाल आउदै गरेका उनी सवार बा ७८ प २१३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ ।
यसैबिच नुवाकोटको ककनी–४ धन्सार बस्ने ४९ बर्षीय सुमन लामाको घरमा बिद्युत सर्ट भई सोमबार आगलागी हुदाँ उनको १६ बर्षीय छोरा बिजय लामा (अपाङ्ग) को जलेर मृत्यु भएको छ ।
आगलाीबाट घर पूर्णरुपमा जलेर करीव ६ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल समेत नष्ट भएको प्रहरीले जनाएको छ । स्थानियको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण