डाक्टरको सरुवा रोक्न स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
तेह्रथुम – जिल्ला अस्पताल तेह्रथुमका डाक्टर चुमनलाल दासको सरुवा प्रक्रिया रोक्नका लागी जिल्लाका डेढ दर्जन बढी संघ सस्थाहरुले माग गरेका छन् ।
जिल्ला अस्पतालका लागी अति आवश्यक डाक्टर दासलाई राजनैतिक ईगोका कारण मन्त्रालयले सरुवा गरेको भन्दै जिल्लाका २० वटा संस्थाहरुले सरुवा सच्याउन स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
डाक्टर दासले जिल्ला आएको एक वर्ष नबित्तै उल्लेखनिय कार्य गरेकाले त्यसलाई निरन्तरता दिनका लागी डाक्टर दासलाई तेह्रथुम मै काम गर्ने वातावरण सिर्जना गर्नका लागी सरोकारवाला संस्थाहरुले जिल्ला प्रशासन कार्यलय मार्फत स्वास्थ्य मन्त्री समक्ष सोमबार ज्ञापन पत्र बुझाएका हुन् ।
डाक्टर दासले लामो समय सम्म रोकिएको भिडियो एक्स–रे सञ्चालनमा ल्याउँदै अस्पतालको सरसफाईमा समेत ध्यान दिएको, चौबिसै घण्टा औषधी पाउने व्यावस्था गरेको, अस्पतालको क्षमता बढाई ५० शैयाको क्षमता लागायतको उल्लेख्य कार्य गरेकोले यस्तो महत्वपुर्ण कार्य अरु डाक्टरबाट सम्भव नभएको भन्दै सरुवा प्रक्रिया रोक्न आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
यसअघि जिल्लाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गत माघ ५ गते नरमाया श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सरोकार मञ्च गठन गरेको थियो । तेह्रथुम जिल्लामा जिल्ला अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी २९ वटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण