चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब
भीमदत्तनगर - गाउँका अभिभावकले चन्दा सङ्कलन गरेर कञ्चनपुरको वाइसेविचुवा गाविस–१ बिन्वारीमा रहेको दुर्गा राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षकलाई तलब खुवाउँदै आएका छन् ।
जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुईजना शिक्षकलाई २०४६ सालदेखि गाउँमा अभिभावकबाट चन्दा सङ्कलन गरेर अध्यापनबापत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास रानाले बताए।
९५ प्रतिशत आदिवासी÷जनजाति समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा हाल २७५ जना विद्यार्थी रहेका छन् । “हरेक वर्ष विद्यार्थी भर्नाका बेला अभिभावकले स्वइच्छाले दिएको चन्दाले दुई शिक्षकलाई वर्षभरि तलब खुवाउनुपर्ने बाध्यता रहेको छ,” शिक्षक रामविलास रानाले भने– “शिक्षक पनि तलब भन्दा समाजसेवा भन्दै शिक्षाको भविष्यका लागि लागिपरेका हुन् ।”
स्थापना भएको लामो समय बितिसक्दा पनि स्कुलको अवस्थामा कुनै सुधार आउन नसकेको उनको भनाइ छ । “दुईजना निजीस्रोत, तीन राहत, दुई बालविकास र दुईजना स्थायी कर्मचारी कार्यरत छन् ।” उनले भने – “निजीस्रोतका शिक्षकलाई मासिक रु ३५ सय र रु छ हजार दिएका छौँ ।” निजीस्रोतका शिक्षक व्यवस्थापनका लागि मासिक रु नौ हजार ५०० का लागि स्थापनाकालदेखि नै अभिभावकबाट चन्दा उठाउँदै आएको शिक्षक रानाको भनाइ छ ।
“प्राविभन्दा माथिल्लो स्तरको अध्ययनका लागि केही वर्षअघिसम्म बेलौरी, पुनर्वासदेखि धनगढीसम्म घन्टौँ साइकल चढेर जानुपर्ने बाध्यता रहेको थियो ।” उनले भने – “केही वर्षअघि छिमेकी भिमबस्तीमा उच्च मावि खुलेपछि विद्यार्थीलाई केही हदसम्म सहज भएको छ ।”
नौजना शिक्षक कर्मचारी रहेको विद्यालयमा सातजना रानाथारु समुदायका छन् । विद्यालयको स्तरोन्नती गरेर आगामी वर्षदेखि निमाविसम्मको कक्षा सञ्चालन गर्ने योजना बुनिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण