बेतनामा ३०० भन्दा बढी प्रजातिका कछुवा
मङ्गलबार, ११ माघ २०७३, १२ : २४
मोरङ - लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो । सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ । तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले कछुवा हेर्न आउनेको सङ्ख्या सिमसार क्षेत्रमा बढेको छ । सिमसार क्षेत्रमा रहेको तालमा आठ वटाभन्दा बढी प्रजातिका झन्डै ३०० भन्दा बढी कछुवा रहेको बेतना सिमसारका सदस्य बस्नेतको भनाइ छ । कछुवा हेर्नका अतिरिक्त सिमसारको मनोरञ्जन लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण