स्याङ्जामा एचआइभी सङ्क्रमित सङ्ख्या २५७
वालिङ - स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् ।
स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी/एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँले करिब रु १५ लाख मूल्य बराबरको उपकरण निःशुल्क उपलब्ध गराएपछि एचआइभी सङ्क्रमितलाई सेवा लिनका लागि सहज हुने भएको हो ।
“यो उपकरण जिल्लामा नहुँदा यहाँका सङ्क्रमित सिडीफोर परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो”, जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी/एड्स कार्यक्रम संयोजक पाण्डेले भने, “अब सिडीफोर जहाँ परीक्षण हुन्छ, त्यहीँ नै औषधि पनि पाइने व्यवस्था मिलाएका छौँ ।”
करिब छ वर्षअघिदेखि स्याङ्जा जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितको तथ्याङ्क राख्न सुरु भएपछि हालसम्म १९ पुरुष र सात महिला गरी २६ जनाको ज्यान गइसकेको छ भने जिल्लामा एआरटी सेवन गर्नेको सङ्ख्या १९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण