राजस्व सङ्कलन ४२ प्रतिशतले बढ्यो
काठमाडौँ - चालु आवको पुस मसान्तसम्मको राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको सो अवधिमा रु एक खर्ब छ अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु एक खर्ब १२ अर्ब सङ्कलन भएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए ।
आयकरतर्फ करिब रू ६१ अर्ब ८९ करोड, मूल्य अभिवृद्धि करतर्फ ९भ्याट० रू २८ अर्ब ६० करोड र अन्तःशुल्कतर्फ रू २१ अर्ब आठ करोड सङ्कलन भएको छ ।
शिक्षा सेवा शुल्क ३८ करोड ५० लाख र स्वास्थ्य सेवा कर रु ५२ करोड ८५ लाख सङ्कलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत सङ्कलन भएको छ ।
विभागका अनुसार गत वर्षको तुलनामा आयकर वृद्धिदर १४७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२५ प्रतिशत, अन्तःशुल्क वृद्धिदर १६० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १३१ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३१ प्रतिशत छ ।
काठमाडौँ उपत्यकाभित्रका सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखलाई दर्ता प्रक्रियामा करदाताको सबै विषय अद्यावधिक गरी बाँकी बक्यौता छिटो उठाउन निर्देशन दिए। उनले बहालकरको असुलीमा प्रभावकारिता ल्याउन सरकारी कार्यालयले तिर्ने वहाललाई आधार मानेर बजार अनुगमनलाई तीव्रता दिन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण