हलोकस्टको सम्झनामा नाटक मञ्चन
मङ्गलबार, ११ माघ २०७३, ०६ : ४४
काठमाडौँ - साठी लाख मानिसलाई एकै चिहान पारिएको मानवताविरुद्धको क्रुर घटनाको यहाँ स्मरण गरिने भएको छ ।
यही माघ १३ गतेको ‘हलोकस्ट दिवस’को अवसर पारेर यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय, इजरायली र जर्मनेली राजदूतावास एवम् युरोपेली सङ्घको प्रतिनिधिमण्डलले संयुक्त रुपमा नाटक मञ्चन गर्ने भएका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ती कूटनीतिक नियोगले हलोकस्टमा मारिएकी १५ वर्षीया किशोरी आना फ्रेंकको दैनिकीमा आधारित ‘आना फ्रेंक’ मञ्चन गरिने भएको छ ।
नेपालका लागि इजरायलका राजदूत यारोन मायरले हलोकस्ट जस्तो त्रासदीपूर्ण घटना नदोरिहून् र नयाँ पुस्ताले मानवताविरुद्धको बर्बरता नबिर्सिउन् भन्ने उद्देश्यले राष्ट्र सङ्घको सक्रियतामा आफूहरुले यस पटक नाटक मञ्चन गर्न लागेको बताए । द वल्र्ड थिएटरले मञ्चन गर्ने उक्त नाटकमा नेपाली कलाकारले अभिनय गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण