सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको अर्थमन्त्रीद्वारा स्वीकार (भिडियो)
काठमाडौ–उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको स्वीकार गरेका छन् ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा बोल्दै उपप्रधान तथा अर्थ मन्त्री महराले सुन तस्करीबारे अनुसन्धान भईरहेको उल्लेख गर्दै छिटैै दोषी कमृचारी कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । उनले सुन तस्करीको छानवीन प्रक्रियामा आवश्यक सहयोग गर्न समितिका सदस्यहरुसँग आग्रह समेत गरे । महराले सुन तस्करीमा भन्सार विभागका कर्मचारीको संलग्नतालाई आफूले भुरा माछाको संज्ञा दिएको विषयलाई उचालेर आफनो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गुनासो पनि गरे ।
व्यवस्थापिका संसदको अर्थ समितिले उच्चस्तरीय छानवीन तथा जाँचबुझ आयोग गठन गरी सुन तस्करीबारे छानवीन गर्न दिएको निर्देशन अझै कार्यान्वयनमा आएको छैन । गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो सुन तस्करी काण्डबारे यथार्थ पत्ता लगाई छानवीन गर्न संसदीय समितिहरुले सरकारलाई सचेत गराउँदै आएका छन् ।
सुरक्षा निकायका प्रमुखहरुले समेत अर्थ मन्त्रालयकै संलग्नतामा सुन तस्करी बढेको आरोप लगाई सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण