संविधान संशोधनले मधेसको भावनाको कदर हुन्छ – देउवा
नेपालगन्ज - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गरेका छन् ।
त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उनले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वान गरे ।
निर्वाचनमा सबै दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प हो भने ।
काँग्रेसका नेता एवम् गणेशमानसिंह फाउन्डेसका अध्यक्ष प्रकाशमान सिंहले नेता गणेशमान सबै नेपालीको साझा सम्पत्ति हुन् भने। जिल्ला अध्यक्ष किरण कोइरालाको सभापतित्वमा भएको समारोहमा सो दलका केन्द्रीय सदस्य किशोरसिंह राठौर, सांसद बादशाह कुर्मी, अञ्जना गुरुङ, सर्वताआलम खान, सञ्जय गौतम र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्यले पनि राजनीतिज्ञ सिंहको योगदानबारे चर्चा गर्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण