मलेसियामा डुङ्गा दुर्घटना, १२ को मृत्यु, २५ बेपत्ता
क्वालालम्पुर - मलेसियामा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अन्य २५ जना हराइरहेका छन् ।
मृतकहरुको शव तान्जुङ लेमन सामुन्द्रिक तिरमा भेटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । “मृतकमध्ये दुई जनाको शव सुरक्षाकर्मीले पछि भेटाएका छन्, ती दुवैजना पुरुष छन्, उनीहरु इन्डोनेसियाली नागरिक भएको हुनसक्ने विश्वास गर्न सकिन्छ,” एक अधिकारीले भने ।
इन्डोनेसियाका अवैध आप्रवासी चढेको ढुङ्गा दुर्घटना भएको बताइएको छ । दुई जनालाई उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ढुङ्गामा चालीसजना यात्रु रहेका थिए । जवकी नौ मिटर लामो सो डुङ्गामा १५ जनाको मात्र भार क्षमता रहेको थियो ।
भार क्षमता भन्दा अत्याधिक यात्रु र खराब मौसमका कारण डुङ्गा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । हराइरहेकालाई खोज्नका लागि सुरक्षाअधिकारी खटिएका छन् । मुख्यतया निर्माण र कृिष सम्बन्धी काम खोज्न इन्डोनेसियाबाट यसैगरी जोखिमपूर्ण यात्रा गरेर धेरै मान्छे मलेसिया आउने गर्दछन् ।
गत नोभेम्बरमा पनि अवैध इन्डोनेसियाली आप्रवासी कामदार लिएर फर्केको तीव्रगतिको डुङ्गा दुर्घटना हुँदा ४० जना हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण