सेयर बजार दोहोरो अङ्कले ओरालो
काठमाडौँ - धितोपत्र बजारमा आज पनि दोहोरो अङ्कले कमी आएको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार आज करिब २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अङ्कले घटेको हो ।
स्टकका अनुसार बंैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत् ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य समूहको सेयर ६.६५ अङ्कले ओरालो लागेको हो ।
बजारमा सबैभन्दा बढी प्रभु बैंकको साधारण सेयरको किनबेच भएको स्टकले जनाएको छ । सो बैकको रु तीन करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ । यस्तै एसियन लाइफ संस्थापकको रु दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको रु एक करोड ५७ लाख बराबरको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण