नुवाकोट काँग्रेसले भन्यो,‘आन्दोलनमा हाम्रो संलग्नता छैन', प्रतिकार गर्ने चेतावनी
काठमाडौ–नेपाली काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिले नुवाकोटमा स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनका विरुद्ध जारी आन्दोलनमा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले यस्तो जिकिर गरेको हो । समितिले विगत ९ दिन देखिको बन्दको मार खेप्दै आएको नुवाकोट जिल्ला स्थानीय तह पुर्नसंरचना आयोगले आधिकारिक खाका सार्वजनिक नभएको अवस्थामा माओवादी केन्द्रले गरिरहेको आन्दोलनमा आफ्नो संलग्नता नरहेको जानकारी दिएको हो ।
नुवाकोट जिल्लाका खानीगाउँ, चौडाँडा र लिखुगाउँलाई मिलाएर लिखु गाउँपालिका बनाउने निर्णय भएको र पछिल्लो समयमा लिखुगाउँलाई अलग बनाएको समाचार आएको आधारमा आन्दोलन भैरहेको कार्यसमितिले दाबी गरेको छ । नेपाली काँग्रेसका युवा नेता रमेशकुमार महतले नुवाकोटबाट स्थानीय राज्य पुर्नसंरचनाले दिएको खाँकालाई नमान्ने हो भने ७५ जिल्लाामा आगो बल्ने चेतावनि दिए ।
उनले भने,‘नुवाकोटमा जारी आन्दोलनले देशभरि नै सकारात्मक सन्देश दिँदैन्, अर्कोतर्फ संघीयताको कार्यान्वयनको बिरोधमा उभिएको ठहरिन्छ, हाम्रो पार्टीको आधिकारीक निर्णय भएको छैन्, कोही नेता त्यहाँको जनप्रतिनिधिको हैसियतामा बोल्दैमा काँग्रेसको संलग्नता रहेको भ्रम नपरोस् ।’
त्यस्तै कार्यक्रममा बैकुण्ठ मिश्रले जिल्लामा भैरेहको अनैतिक क्रियाकलापको विपक्ष कुनैपनि काम गर्न पछि नपर्ने भन्दै तत्काल बन्द फिर्ता लिएर शान्तिपूर्ण तरिकाले आफ्ना अधिकारहरूको लागि लड्न आग्रह गरे । उनले भने,‘आफ्ना अधिकार प्राप्त गर्दा खेरि अरुका अधिकारलाई कुल्चिनु हुँदैन, यो लोकतन्त्रको विधि विपरितको कार्य हो।’
नेपाल महिला संघ नुवाकोटकी अध्यक्ष कल्पना नेपालीले सडक बालेर समस्याको समाधान नहुने भन्दै बन्दकर्तालाई वार्ता र छलफलको माध्यमबाट निकास खोज्न आग्रह गरिन् ।
उनले भनिन्,‘बन्दको कारण निर्धो लास जल्न पाएको छैन्, तरकारी सडेको छ, खानेकुराहरूको अभाव सिर्जना भएको छ, जुलुस निकालेर टायर बालेर जनजीवन प्रभावित पार्ने काम कसैकोलागि पाच्य हुँदैन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण