हेर्नुहोस् आइएनजिओले बनाइदिएको धनीपुर्जा विनाको चेपाङको घर !
धादिङ– २०७२ साल वैशााख १२ को विनासकारी भुकम्पपछि रुखमा टिनको छानो अड्याएर अर्काको जग्गामा वस्दै आएका सोमवहादुर चेपाङको परिवार एकाएक धादिङका सञ्चार माध्यमहरुमा चर्चित भए ।
अक्सफाम जीवीको आर्थिक सहयोग र प्रयत्नशिल सामुदायीक विकाश समाज (प्रयास) नेपाल, धादिङको साझेदारीमा चेपाङ परिवारलाई तीन आना जग्गा धनिको प्रमाण पत्र (लालपुर्जा) उपलब्ध गराउने आश्वासनसहित ब्लकले बनाएको १ तले घर बनाई २०७२ साल पौस १८ गते हस्तानतरण समेत गरियो । स्थानीय वासी, सहयोगी संस्थाका प्रतिनिधि र धादिङ क्षेत्र नं ३ का नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेको उपस्थितिमा ति चेपाङ दम्पतिलाई अविर तथा फुलमाला पहिराई नयाँ गृह प्रवेश गराइयो । सो दिन साँझ अवेरसम्म जिल्लाका प्राय संचार माध्यमको प्रमुख समाचार थियो ‘भुकम्प पीडित भूमिहिन चेपाङ दम्पत्तिलाई घर ।’
घरसम्म पुग्ने वाटो खन्न सोही दातृ संस्थाले प्रति व्यक्ति नगद १५००० दिनेगरि स्थानीयलाई सामुहिक रोजगारीमा संलग्न समेत गराईयो । जग्गा धनिले तीन आना घडेरी दिने सर्तमा सँस्थासँग नगद रकम पनि बुझे । चेपाङ भन्छन् ‘तर आज घर प्रवेश गरेको १ वर्ष नाघ्यो, न त लालपुर्जा हातमा पर्छ, न त सहयोगी संस्थाका प्रतिनिधि नै देखा पर्छन् ।
सम्पर्क गरुँ त उनिहरुको नाम ठेगाना पनि थाहा छैन । नयाँ घर दिएपछि आफुसँग भएको पुरानो जस्तापाता पनि जग्गा धनिले मागेर लगिदिए ।’ उनि थप्छन् ‘अव त डर पो लाग्न थाल्यो जग्गाधनिले उठेर जा भने न त वस्ने आधार छ, न त जाने ठाउँ नै । गाउँका सबैले घर बनाउन पहिलो किस्ता रु ५० हजार बुझिसके तर, मलाई त्यसबारे केहि थाहा छैन ।’ गजुरी गाविस सचिव मनचन्द्र धरला भन्छन् ‘घर हस्तानतरण गर्ने संस्थाले गाविसको कार्यालयलाई आज सम्म कुनै जानकारी समेत गराएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण