फोन गरेर ट्रम्पले मोदीलाई भने, ‘असल मित्र’, अमेरिका भ्रमणको निम्ता
नयाँ दिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीबीच मंगलबार राती टेलिफोन वार्ता भएको छ ।
ह्वाइट हाउसका अनुसार टेलिफोन कुराकानीमा ट्रम्पले मोदीलाई ‘विश्वका चुनौतीहरु सम्बोधन गर्न भारत अमेरिकाको असल मित्र र सहयात्री’ भएको बताएका थिए ।
कुराकानीमा दुई नेताबीच अर्थ र सुरक्षालगायतका क्षेत्रमा अमेरिका र भारतबीच सहकार्य सुदृढिकरणबारे पनि छलफल भएको थियो । कुन–कुन विशेष क्षेत्रमा सहकार्यबारे भन्ने कुरा चाहीँ वक्तव्यमा खुलाइएको छैन ।
शुक्रबार अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेपछि दुई नेताबीच छलफल भएको यो पहिलो अवसर हो ।
हिजो भएको कुराकानीमा दुई नेताबीच दक्षिण र मध्य एसियाको सुरक्षाको विषयमा छलफल भएको बताइएको छ । यसबारे पनि विस्तृत जानकारी दिइएको छैन ।
दक्षिण र मध्य एसियामा दुई देशको समान चाँसोहरु रहेका छन् जसमा पाकिस्तान र अफगानिस्तान पर्ने गरेका छन् ।
‘आतंकवादविरुद्धको विश्वव्यापी लडाइँमा अमेरिका र भारत साथ–साथ हिँड्नुपर्छ,’ वक्तव्यमा भनिएको छ ।
ट्रम्पले मोदीलाई यही वर्ष अमेरिका भ्रमणको निम्ता पनि दिएका छन् । तर, यो भ्रमण अगामी सेप्टेम्बर अक्टोबरमा हुने संयुक्त राष्ट्रसंघको बैठकमा हुने वा अन्य कुनै समयमा हुने भन्ने विषय तय भएको छैन ।
त्यसअघि दुई नेताको भेट जुलाईमा जमर्नीको ह्याम्बर्गमा हुने जी–२० सम्मेलनमा हुनेछ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा ट्रम्प विजयी भएपछि मोदीले ट्रम्पलाई फोन गरेर बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण