कस्मिरमा हिमपहिरो, १ सैनिकसहित ५ को मृत्यु
कास्मिर – जम्मु–कस्मिरको गान्दरबल जिल्लामा रहेको सोनमर्ग नजिकै रहेको एक सैनिक क्याम्प बुधबार हिमपहिरोको चपेटामा पर्दा एक भारतीय सैनिकको मृत्यु भएको छ । घटनामा ८ जनाको जिवितै उद्धार गरिएको बताइएको छ । त्यस्तै, बुधबार भएको अर्को घटनामा एउटा परिवारको चार जना सदस्यको मृत्यु भएको छ ।
घटना भएको सोनमर्ग श्रीनगरबाट ८० किलोमिटर टाढा रहेको छ ।
– सोनमर्गको पहाडी क्षेत्रमा यो घटना भएको हो । यस क्षेत्रमा पछिल्लो १५ दिनदेखि हिमपात भइरहेको थियो । त्यहाँ ६ देखि ७ फिटसम्म हिमपात भएको बताइएको छ ।
– सैनिक क्याम्प एउटा पहाडको फेदीमा थियो । बुधबार हिउँको ढिस्को क्याम्पमा खसेको थियो ।
– यता, मौसम विभागले २५ देखि २७ जनवरीसम्म त्यस क्षेत्रमा भारी हिमपात हुने बताएका छन् ।
– घटनाको बेला क्याम्पमा कति सैनिक थिए भन्ने अझै यकिन भएको छैन ।
गुरज सेक्टरमा चारको मृत्यु
– समाचार एजेन्सीका अनुसार कस्मिरको गुरज सेक्टरको बादुगम गाउमा पनि बुधबार हिमपहिरो गएको छ ।
– यसको चपेटामा परेर एउटै परिवारको चारजनाको मृत्यु भएको छ ।
– मारिनेमा ५५ वर्षीय मेहराज उद दिन, उनको पत्नी ५० वर्षीया अजीजी छोरा इरफान र गुलशन रहेका छन् ।
– घटनामा अर्का छोरा रेयाद अहमदलाई भने जीवितै उद्धार गरिएको छ ।
गत वर्ष पनि हिमपहिरोमा १० सैनिकको मृत्यु
– गत साल १० फेब्रुअरीमा उत्तरी ग्लेसियरमा हिमपहिरो जाना १९ मद्रास रेजिमेन्टको १० जना सैनिक मारिएका थिए ।
– एक सैनिक हनुमनथप्पा कयौँ दिनसम्म वरफमा पुरिए पनि जीवतै उद्धार गरिएको थियो । यद्यपि, केही दिनपछि अस्पतालमा उनको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण