सभापति देउवाद्वारा बबई नदीमा पुलको शिलान्यास
बुधबार, १२ माघ २०७३, ०८ : ४१
दाङ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरेका छन्।
रु २४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्वाई दुई सय मिटर रहेका छन् । सो पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।
सो अवसरमा सभापति देउवाले सडक सञ्जाल विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे।
पुल निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावत गर्न तथा कृषि उपजलाई बजारसम्म पु¥याउन सहज हुने बताउँदै तोकिएकै मितिमा काम सम्पन्न गर्न सम्बन्धीत निकायलाई आग्रह गरे।
सिँचाइ मन्त्री दीपक गिरीले दाङ जिल्लामा रहेका नदी खोलामा पुल निर्माण गरी सडक सञ्जाललाई जोडने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउँदै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको धारणा व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण