सुन्दरीजलमै खानेपानीको अभाव
बुधबार, १२ माघ २०७३, १५ : ४९
काठमाडौँ, । उपत्यकामा सबैभन्दा बढी पानी उत्पादन गर्ने वाग्मतीको मुहानस्थल सुन्दरीजल क्षेत्रमा १५ दिनदेखि खानेपानी सेवा अवरुद्ध भएको छ ।
गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको वाग्मती नदीबाट निस्कने पानी नै उपत्यकामा सबैभन्दा बढी वितरण हुँदै आएकामा पुस अन्तिम सातादेखि धारामा पानी नआएको स्थानीय रामकुमार श्रेष्ठले बताए।
“यहाँबाट उपत्यकामा ठूलाठूला पाइपमा पानी वितरणका लागि लगिएको छ, यो क्षेत्रमा भने हामी बेला बेलामा पानी पाउँदैनौँ, घरमुनिबाट पाइपमा पानी जान्छ, हामी वाग्मती नदी, कुवा वा ढुङ्गेधारामा पानी खोज्न जान बाध्य छौँ, यसपटक १५ दिनदेखि पानी आएको छैन”– उनले भने।
मेलम्चीको पानी सुरुङबाट ल्याएपछि सुन्दरीजलमै प्रशोधन गरी उपत्यकामा वितरणका लागि प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुन्दरीजल पानीको राजधानी भए पनि यहीँ पानी खान नपाइएको स्थानीयवासीको दुःखेसो छ ।
हाल उपत्यकामा दैनिक ३७ करोड ५० लाख लिटर खानेपानीको माग रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
“उपत्यकाका सबै स्रोतबाट गरी हाल १३ करोड लिटर पानी मात्र उत्पादन भइरहेको छ, सुक्खा मौसम सुरु भएकाले उत्पादन अझै घट्दै जानेछ, सुन्दरीजल क्षेत्रमा भने अहिले छ दिनमा एकपटक पानी वितरण भइरहेको छ, उपत्यकामा सबैभन्दा बढी पानी यही उत्पादन हुन्छ”– उनले भने ।
सुन्दरीजल प्रशोधन केन्द्रबाट दैनिक दुई करोड १० लाख लिटर पानी उत्पादन हुन्छ । बोरिङ समेत गरी यस क्षेत्रबाट पाँच करोड लिटर पानी दैनिक उत्पादन हुने गरेको काठमाडौँ उपत्यका खानपानी लिमिटेड महाँकालचौर शाखा प्रमुख उमेशबाबु मरहट्ठाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण