पूँजी र प्रविधिको लगानी बढाउने पुल बन्न अवैतनिक वाणिज्यदूतहरुलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालस्थित अवैतनिक महावाणिज्यदूत एवम् वाणिज्यदूतहरुको समुदाय अनररी कन्सुर कपर्स नेपालले शिष्टाचार भेट गरेको छ ।
भेटका अवसरमा अवैतनिक वाणिज्यदूतहरुको तर्फबाट समुदायका डिन श्रीराम लामिछाने एवम् अन्य महावाणिज्यदूतहरुले आफूले गरिरहेका कार्यहरुका वारेमा संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
भेटको अवसरमा राष्ट्रपति भण्डारीले अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरु सम्बन्धित देशका कूटनीतिक प्रतिनिधि सरह रहेकाले नेपाल र आफूले प्रतिनिधित्व गर्ने देशबीचको सामाजिक, आर्थिक तथा साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाई नेपाल र नेपाली जनताको गौरव वढाउने कार्यमा दत्तचित्त हुन आग्रह गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालले जानकारी दिए ।
साथै राष्ट्रपति भण्डारीले देशको सर्वोपरी हितमा पूँजी र प्रविधिको लगानी बढाउन नेपाल र सम्बन्धित राष्ट्रबीच पुलको काम गर्न पनि उनीहरुलाई अनुरोध गरेकी थिइन् । ।
उक्त अवसरमा नेपालस्थित ४० देशका अवैतनिक महावाणिज्यदूतरवाणिज्यदूतहरुमध्ये २३ देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरु शीतलनिवास पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण