ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, बस पल्टिँदा १९ जना घाइते
लमजुङ - लमजुङको भोटेओडारस्थित पैरेमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्रयाक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो । दुर्घटनामा परी सहचालक तनहुँको रुपाकोट– २ मानेचौक निवासी २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए । उनकाअनुसार दुर्घटनामा परी घाइते भएका चालक वर्ष २७ का सुरज गायकको स्थानीय कर्मदा अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ ।
यात्रुबहाक बस पल्टिँदा १९ जना घाइते
पश्चिम चितवनको पटिहानीमा आज मध्यान्ह यात्रुबहाक बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेका छन् । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६८२३ नं को बस भरतपुर उपमहानगरपालिका– २७ जगतपुर टाउनमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण