उपप्रधानमन्त्री निधि र मोरिसस्का पूर्वराष्ट्रपतिबीच भेटघाट
काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मेरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज बिहान गृहमन्त्रालयमा भएको भेटमा मोरिससका पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक घटनाबारे चासो राखेका थिए । मेड्रिड क्लबका उपाध्यक्षसमेत रहेका उत्तिमले नेपालको शान्ति प्रक्रियाको अनुभव अन्तर्राष्ट्रिय समुदायका लागिसमेत उदाहरणीय र उपयोगी भएको बताएको मन्त्रालयले जनाएको छ ।
त्यसअवसरमा उपप्रधान निधिले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयन अन्तिम चरणमा रहेको बताए।
यसैबीच आजै उपप्रधानमन्त्री निधि र नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल हेलबीच भेटघाट भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको थियो । उनले सन् २०२२ मा कतारमा हुने विश्वकपको तयारीका सिलसिलामा नेपाली कामदारको योगदानको चर्चा गरेका थिए । त्यस अवसरमा गृहमन्त्री निधिले नेपालबाट भोलिका दिनमा दक्ष जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने विषयमा कतार सरकारको ध्यानाकर्षण गराएका थिए ।
आजै, उप्रधानमन्त्री निधि र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरबीच भेटवार्ता भएको भयो । भेटमा नेपाल–इजरायल सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा उपप्रधानमन्त्री निधिले इजरायल सरकारले हरेक वर्ष नेपाली विद्यार्थीलाई कृषिसम्बन्धी अध्ययनका लागि अवसर दिएकामा धन्यवाद दिँदै आगामी दिनमा अन्य क्षेत्रमा पनि अनुभव आदानप्रदानको वातावरण बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण