ट्याक्सी खोलामा खस्दा तीन गम्भीर घाइते
बुधबार, १२ माघ २०७३, ०८ : ४३
दमौली - पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका–७ स्थित कुम्ले खोलाको पुलबाट आज ट्याक्सी रेलिङ तोडेर खोलामा खस्दा ट्याक्सीमा सवार तीनैजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा ट्याक्सी चालक पोखरा घारेपाटन बस्ने ३७ वर्षीय जगन गुरुङ सोही ठाउँकी २४ वर्षीया पार्वती गुरुङ र गोरखा सिर्दोबास–४ की ५६ वर्षीया जलमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डुम्रेबाट पोखरा जाँदै गरेको ग १ ज २१०७ नंको ट्याक्सी पुलको रेलिङ तोडेर कुम्ले खोलामा खसेको हो । तीव्रगतिमा गुडेका कारण ट्याक्सी दुर्घटनामा परेको हो । घाइतेको दमौलीको रत्नहरिमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण