भक्तपुरमा दुर्घटनामा महिलाको मृत्यु, एक घाइते
बुधबार, १२ माघ २०७३, ०६ : ४५
भक्तपुर - सिन्धुपाल्चोकबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ४ प ६९८३ नंको टिपरले सोही दिशामा जाँदै गरेको बा ७९ ख नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज भएको दुर्घटनामा सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षीया विमला बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
दुर्घटनामा मृतक बस्नेतका श्रीमान् एवम् मोटरसाइकल चालक ३८ वर्षीय रामचन्द्र बस्नेत भने गम्भीर घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना गराउने सिन्धुपाल्चोक फुल्पिङकोट बस्ने २७ वर्षीय टिपर चालक वाङ्जुङ्ग तामाङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण