हात्तीपीडित किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन सिफारिस
कञ्चनपुर - जङ्गली हात्तीको समूहले क्षति पु¥याएका कञ्चनपुरका ९८ किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन सिफारिस गरिएको छ ।
कञ्चनपुर जिल्ला वन कार्यालयले उखु र गहुँबालीमा हात्तीले क्षति पु¥याएका पुनर्वासका ६८ र बेदकोट नगरपालिकाका ३० किसानलाई चालु आवमा क्षतिपूर्ति रकम उपलब्ध गराउन धनगढीस्थित क्षेत्रीय वन निर्देशनालयमा सिफारिस पठाएको हो ।
पुनर्वासका ६८ जनालाई क्षतिको मूल्याङ्नका आधारमा रु एक हजारदेखि रु १० हजारसम्म उपलब्ध गराउने गरी रु पाँच लाख ९८ हजार र बेदकोट नगरपालिकाका ३०० जनालाई रु तीन लाख क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि सिफारिस गरिएको कार्यालयका नायब सुब्बा ईश्वरीदत्त पाण्डेयले बताए ।
क्षतिपूर्तिका लागि कार्यालयमा अझै १३३ जनाले दिएको निवेदनमाथि छानबिन भइरहेको जानकारी दिंदै उनले आव २०७२–७३ मा पुनर्वास नगरपालिकाको धानबालीमा हात्तीले क्षति पु¥याएका ६४ जना किसानलाई क्षतिपूर्तिबापत रु तीन लाख ९३ हजार र आव २०७२–७३ मा सोही नगरपालिकाका उखु र गहुँ बलीमा हात्तीले नोक्सानी गरेका ४५ जना किसानलाई रु तीन लाख नौ हजार ३०० क्षतिपूर्ति रकम उपलब्ध गराइएको थियो ।
कृषि सेवा कार्यालय, सामुदायिक वन र प्रहरीको मुचुल्काका आधारमा राहत सिफारिस वितरण समितिले क्षतिपूर्तिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यसैगरी, आव २०७२–७३ मा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परासन–६ का गर्भुराम चौधरीका परिवारलाई रु तीन लाख २३ हजार र आव २०७३–७४ मा हात्तीकै आक्रमणमा परी ज्यान गुमाएका सुन्दरीदेवी डगौराका परिवारलाई क्षतिपूर्तिबापत रु पाँच लाख रकम जिल्ला वन कार्यालयले उपलब्ध गराएको छ ।
भारतीय दूधुवा नेसनल पार्कबाट नेपाली बस्तीमा छिर्ने जङ्गली हात्तीको समूहले बर्सेनि यहाँका किसानको जीउधन र अन्नबालीको नोक्सानी गर्दै आएको छ ।
वन कार्यालयले ठाउँ ठाउँमा हात्ती भगाउनका लागि साइरन जडान गर्ने कार्यसँगै इलाका वन कार्यालयमार्फत जनचेतना फैलाउने कार्यसमेत अगाडि बढाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा वन कार्यालयले स्थानीय बासिन्दाको जीउधन र खेतीको सुरक्षाका लागि हात्ती भगाउने कार्यसमेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण