भारतीय नागरिकलाई हत्या गरी फरार पक्राउ
बुधबार, २६ माघ २०७३, १८ : ५३
पोखरा - एक भारतीय नागरिकलाई हत्या गरी फरार कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त एक महिनापछि पक्राउ परेका छन् ।
कास्कीको लाहाचोक–५ घर भई हाल पोखरा–१७ मा बस्दै आएका वर्ष २५ का दिनेश नेपाली समेतले गत पुस २७ गते भारतीय नागरिक सविर अन्सारीलाई पोखरा–१७ नमुना टोलस्थित तितेपानीमा ढुङ्गा प्रहारबाट हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।
हत्याका मुख्य अभियुक्त काठमाडौँमा लुकीछिपी बसेको छ भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहन मणि अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्तलाई मङ्गलबार पक्राउ गरी आज यहाँ ल्याएर कास्की जिल्ला अदालतमा पेस गरेको बताइएको छ ।
हत्यामा संलग्न अर्का अभियुक्त सोलुखुम्बु जुमिङ–२ घर भई पोखरा–१७ तितेपानी बस्ने ३४ वर्षीय मणिराई भन्ने मोहन राईलाई यसअघि नै पक्राउ गरी सम्पूर्ण अनुसन्धानपछि जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भइसकेको प्रहरीले जनाएको छ । रा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण