युवालाई उत्प्रेरित गर्न अन्धकार बिरुद्धको संघर्षमा लागेँ : उर्जामन्त्री शर्मा
काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माले यूवाहरुमा बढिरहेको निराशाको भावनालाई चिर्न आफूले अँध्यारो बिरुद्धको संघर्ष शुरु गरेको बताएका छन् । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा शूरु भएको चौधौँ राष्ट्रिय प्रविधी मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले राजनीतिक अस्थीरता र बेथितीका कारण नेपालमा यूवाहरुमा निराशाको भावना बढिरहेको भन्दै आफूले उज्यालो नेपाल अभियान शुरु गरेको बताए ।
उनले भने–“पहिला १० बर्ष म शोषित पीडित जनताका पक्षमा लडेँ अहिले अँध्यारो विरुद्धमा लडिरहेको छु । नेपालको अन्धकार बिरुद्ध संघर्ष गर्ने अधिकार पाएको छु ।”
नेपालको पानी, जनताको लगानी भन्ने मर्मका साथ उज्यालो नेपाल अभियान शुरु गरेको र त्यसमा सम्पूर्ण प्राविधिक यूवाहरुले आफूलाई विश्वास रहेको मन्त्री शर्माले बताए ।
मन्त्री शर्माले उज्यालो अभियान भनेको लोडसेडिङ हटाउने मात्र नभई विद्युत उत्पादनले आत्मनिर्भर बनाई नेपालको आर्थिक विकास गर्दै बलियो राष्ट्र बनाउने बताए ।
उनले भने–“अहिले राष्ट्रबादको गफको खेती हुन थालेको छ । कुराले भन्दा पनि मुलुकलाई आर्थिक रुपमा बलियो बनाएर, जनतालाई आर्थिक रुपमा समृद्ध नबनाई राष्ट्रियता बलियो हुँदैन ।”
उनले राजनीति पनि एउटा प्रविधी भएकोले यो सहि तरिकाले फिट नहुँदा देश नै दुर्घटनामा पर्ने खतरा हुने बताँउदै यसको सहि ढंगले प्रयोग हुन नसक्दा विकासमा हामी पछाडि परेको उनले बताए ।
विश्वमा भइरहेको नयाँ नयाँ प्रविधीको आविष्कारले हामीलाई पेलिरहेको बताँउदै मन्त्री शर्माले हामीले प्रविधीको क्षेत्रमा प्रगति गर्न नसकेको बताए । धेरै विद्यालयका विद्यार्थीले अझै पनि कम्प्युटर, बिजुली देख्न नपाएको भन्दै मन्त्री शर्माले जनता र समाजको आवश्यकता अनुसार प्रविधी विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले ५० बर्षदेखि नेपालीहरु राजनीतिक परिवर्तनका लागि लडेको भन्दै अव दृढ इच्छाशक्तिका साथ आर्थिक विकासमा १० बर्ष लागि लागिपरे देशलाई माथि उठाँउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण